काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बर्दिया, दाङ र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।शुक्रबार दिउँसो बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरस्थित सडकमा गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे.१ ज १३३७ नम्बरको ईलेक्ट्रिक भ्यानको ठक्करबाट साइकलयात्री मधुवन नगरपालिका–३ बस्ने ५४ वर्षीय नोखे दमाइको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै दाङको बबई गाउँपालिका–७ चरकमटियास्थित सडकमा पन्चकुलेबाट चरकमटियातर्फ जाँदै गरेको रा.७ प ९८८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीया रामकुमारी रावतको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ होम नेपालगञ्ज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उता,रूपन्देहीको सैनामैना नगरपालिका–३ झारबैरास्थित सडकमा लु.१ च ६४९७ नम्बरको भ्यानले लु.१७ प २५६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ सिसै बस्ने २० वर्षीय सुनिल मल्लाहा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै शनिवार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबास चोकमा ज.१ क ४७४ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउत रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु