काठमाडौ । राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन बिहिबार राति मलेसिया प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा त्यहॅा गएका उनले समाजको भेलालाई सम्बोधन गर्नुका साथै नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मलेसियामा रहॅदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरॅात याक्थुङ चुम्लुङको आयोजनामा हुने कार्यक्रमलाई पनि सम्बोधन गर्नेछन् । यसैगरी जनवरी ७ तारिखमा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्नेछन् ।
अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त
राप्रपा २३ गते राष्ट्रिय झन्डासहित सडकमा निस्किने