काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्यका साथ अघिबढिरहेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदेश कमिटीका पदाधिकारीको राष्ट्रिय भेलामा आज उनले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको गन्तव्यका अगाडि बढिरहेको बताए । अध्यक्ष ओलीले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको बताए ।
अध्यक्ष ओलीले देशको भूमि रक्षा, राष्ट्रियता, स्वाधीनताको तथा राजनीतिक उपलब्धिको रक्षा अहिले राज्यको मुख्य कार्यभार रहेकाले त्यसका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताए । उनले एमालेले उद्देश्यमूलक र गन्तव्यसहितको राजनीति गरिरहेकाले नेतृत्व निर्माण तथा कामको जिम्मेवारी बाडफाँटका क्रममा तछाडमछाड नगरी योग्यता, क्षमताका आधारमा जिम्मेवारी लिनेरदिने संस्कार बसाल्नुपर्नेमा जोड दिए । देश तथा राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्न ‘मिसन-२०८४’अभियान सञ्चालन गरिएको अध्यक्ष ओलीको भनाइ थियो । मिसन-२०८४ प्रदेश कमिटीको कामबाट सफलता मिल्ने भन्दै उनले प्रदेशअन्तर्गतका वैचारिक, साङ्गठानिक सबै काममा सफल नेतृत्व दिन प्रदेश पदाधिकारीलाई आग्रह गरे ।
भेलामा महासचिव शङ्कर पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्ययोजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताए । उनले पुष्पलाल मध्यपहाडी लोकमार्गमा सम्पन्न गरिएको समृद्धिका लागि सङ्कल्प यात्राले पार्टीलाई एकताबद्ध बनाउँदै पार्टीलाई जनतामा स्थापित गर्ने काम गरेको बताए । भेलामा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोजरले समस्या समाधान हुँदैन : केपी ओली
मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुनुपर्छ : अध्यक्ष ओली
सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा
इलाममा काँग्रेस लक्षित ओलीको प्रश्न-एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भए : केपी ओली