इच्छाराज तामाङको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १५ : ४३
इच्छाराज तामाङको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं। सिभिल सहकारीका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मागेको छ ।सम्पत्ति शुद्धीकरणको मुद्दामा तामाङलाई पुर्पक्षका लागि थुनामा राख्ने गरी विशेष अदालतले गरेको आदेशविरुद्ध तामाङले सर्वोच्चमा निवेदन दिएका थिए ।

 

तामाङको निवेदनमाथि  सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विशेषले गरेको आदेशको कैफियत प्रतिवेदन मागेको हो ।थुनाबाहिर रहन पाउनुपर्ने तामाङको मागमा अन्तरिम आदेश आएन ।​ तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा सहकारी ठगीको अर्को मुद्दा पनि विचाराधीन छ । 

 

 

 

उक्त मुद्दामा समेत पुर्पक्षका लागि थुनामा रहेकाले अन्तरिम आदेश आएको भए पनि उनी तत्काल रिहा हुने थिएनन् ।तामाङ लगायतविरुद्ध ५ अर्ब ७७ करोडको सहकारी ठगीसम्बन्धी मुद्दा र ५ अर्ब ६७ करोडको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस