काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै २३ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकको आफ्नो विभिन्न कोषमा रहेको २२ करोड ९१ लाख रुपैयाँ निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थामा राख्ने भएको हो ।
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित निक्षेप प्रस्ताव आह्वान गरेको छ । सूचना अनुसार कूल निक्षेपमध्ये १८ करोड ३३ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ३ करोड ४४ लाख रुपैयाँ ख वर्गको वाणिज्य बैंक र १ करोड १४ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले २०८० पुस १९ गते राती १२ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । कूल ३६६ दिन (एक वर्ष) प्रदान गरिने निक्षेप २०८० माघ २ गते जारी भएर २०८१ माघ १ गते परिपक्क हुनेछ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेपको अनुपात (सीडी रेसियो) कायम गरेको र संस्थाको कूल कर्जा लगानीको खराब कर्जाको दर ५ प्रतिशत नकटेको हुनुपर्ने बैंकले सर्त राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज फेरि बजारबाट १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
टक्सार विभागले भोलि मात्र असर्फी बेच्ने
सेवा रेमिटको अनुमतिपत्र खारेज
१० वर्षमा पौने ४ खर्ब विदेशी लगानी प्रतिबद्धता
दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने
दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने