काठमाडौँ । जापानको हनेदा विमानस्थलमा मंगलबार एउटा विमानमा आगलागी भएको छ । धावन मार्गमा गुडिरहेको अवस्थामा विमानमा आगो लागेको हो ।
समाचार एजेन्सीहरुका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा बढी यात्री लिएर आएको जापान एयरलाइन्सको जेट विमान अवतरण लगत्तै धावन मार्गमा गुडिरहेको समयमा आगोको मुस्लो देखिएको हो ।
उक्त विमान त्यहाँ रहेको अर्को विमानमा ठोक्किएपछि आगो लागेको बताइए पनि औपचारिक रुपमा थप विवरण सार्वजनिक गरिएको छैन ।
विमानमा सवार यात्रीको अवस्थाबारे पनि खुलाइएको छैन । यद्यपि ‘एनएचके’ टेलिभिजनले आगलागीपछि उद्धारकर्मीको टोलीले आगो निभाउन प्रयास गरिरहेको दृश्य प्रसारण गरेको छ । विमानको झ्यालबाट आगो र धुवाँको मुस्लो बाहिर निस्किएको पनि उक्त फुटेजमा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ पुस २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति