जापान भूकम्प : मृत्यु हुनेको संख्या ३० पुग्यो

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १२ : ३२
जापान भूकम्प : मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं। मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ।​भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

 

क्षतिको थप विवरण र फसेका व्यक्तिहरूको बारेमा अन्यत्रबाट जानकारी आउने क्रम जारी रहेको बताइएको छ ।

 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई निरन्तरता दिँदै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।​सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रुपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ।​सोमवारदेखि जापानमा कम्तीमा १ सय ५५ भूकम्प गएको छ ।