एजेन्सी । जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम टरेको छ। सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो। इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो। तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ।
यसैबीच भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ। बीबीसीका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ। ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन्।
जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १७ पुस २०८०, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन