काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटना प्रकरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले घटनामा इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे ।
उनले गृह मन्त्रालय आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए ।उनले मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको बताए । उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए ।
उनले वास्तविक अवस्था पत्ता लगाउनका लागि तीन सदस्यीय आयोग गठन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव