काठमाडौँ । काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउत (सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ। ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनमत पार्टीका राष्ट्रिय सचिव वीपी साहले जानकारी दिए।
अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। ‘राष्ट्रि धोती दिवस मनाउन बबरमहलबाट माइतीघर जाँदै गर्दा डा.सीके राउतसहितको जनमत पार्टीका ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। अहिले हामीलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ,’ साहले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा भरतपुरबाट एकजना पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ