तरुल खोज्न गएका युवाको साथीले गरे हत्या

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १० : ०१
तरुल खोज्न गएका युवाको साथीले गरे हत्या

काठमाडौ । पर्वतमा तरुल खोज्न जंगल गएका युवकको हत्या भएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो। 

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए। 

तरुल खन्न प्रयोग गरिएको हतियारले प्रहार गरेर नेपालीले रिजालको हत्या गरेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जंगलमा अचेत अवस्थामा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

 घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।

हत्या आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ। नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस