गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, ०८ : ३७
गाजाका ७० प्रतिशत घर क्षतिग्रस्त

एजेन्सी । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।

टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य रिमोट सेन्सिङ विधिहरूको विश्लेषणका आधारमा ती तथ्य सार्वजनिक गरिएका हुन् ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार क्षतिग्रस्त भवनहरूमा कारखाना, प्रार्थना घरहरू, विद्यालयहरू, सपिङ मलहरू र होटलहरू  लगातय समावेश छन् ।  यता इजरायलले भने थुप्रै विद्यालय, मस्जिद र अन्य भवनहरू सैन्य उद्देश्यका लागि र गाजा आतंककारी समूहहरूले प्रयोग गरिएपछि आक्रमण गरेको बताएको छ ।

प्रतिवेदनले गाजाका ३६ वटा अस्पतालहरूमध्ये केवल आठ अस्पतालहरूले मात्र बिरामीहरूलाई सेवा दिन सक्ने अवस्थामा रहेको बताएको छ । यद्पि त्यहाँ पनि पानी, बिजुली र सञ्चार लगायतका आधारभूत पूर्वाधारहरू ध्वस्त भएको बताएको छ।