अपराध गरेर विदेश भागेकाहरु धमाधम पक्राउ पर्दै

पत्रपत्रिकाबाट

शुक्रबार, १३ पुस २०८०, ०७ : २८
अपराध गरेर विदेश भागेकाहरु धमाधम पक्राउ पर्दै

काठमाडौ । अन्तर्राष्ट्रिय  प्रहरी  सङ्गठन  (इन्टरपोल)  मा नेपाल प्रहरीले आफ्नो भूमिका बढाउँदै लगेका कारण  नेपालमा  विभिन्न  अपराध  गरी  विदेशका  विभिन्न स्थानमा लुकेर बसेका आरोपितलाई नेपाल फिर्ता गराउने व्रmम बढेको छ ।

ठगी  तथा  सङ्गठित  अपराध  मुद्दामा  इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका धनुषा औरही–५ का रजिन्द्र पासवानलाई प्रहरीले कतार प्रहरीसँगको समन्वयमा पव्रmाउ गरी नेपाल ल्याएकोे छ ।

राष्ट्रिय केन्द्रीय ब्युरो (एनसिबी) दोहा, कतार प्रहरीसँगको समन्वयमा पासवानलाई कतारबाटै पव्रmाउ गरी नेपाल फिर्ता ल्याइएको हो ।पासवानलगायत   व्यक्तिले  पीडितको   माछापुच्छ«े बैङ्ककको खातामा रहेको नौ लाख रुपियाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न  बैङ्कको  एटिएम  कार्डमार्फत  निकालेर  प्रयोग  गरेका  थिए  ।  अनुसन्धानका  व्रmममा  उनी  वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पोखरास्थति  सूर्यदर्शन  बचत  तथा  ऋण  सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना गरेको अभियोगमा  फरार  सोही  सहकारीका  संस्थापक  अध्यक्ष जितेन्द्रबाबु (जिबी) राईसहित सहकारीका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा  पूर्वसञ्चालक  समिति  सदस्य  महेन्द्र  भोटे  भनिने  शिवबहादुर  गुरुङवरिुद्ध  इन्टरपोलमार्फत  डिफ्युजन नोटिस जारी गर्न कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयलाई आग्रह गरेको छ, गोरखापत्रमा खबर छ ।