एजेन्सी । गाजापट्टीमा इजरायलको आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार १ सय १० जनाको मृत्यु र ५५ हजार २ सय ४३ घाइते भएको जानकारी दिए ।
उनले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए । यसैबिच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधवार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा