काठमाडौँ । प्रहरीले काठमाडौँबाट जुवा खेलिरहेको आरोपमा १० जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१३ तहाचलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भवनमा रहेकाे हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त कालीमाटीबाट गएको प्रहरीले उनीहरुको साथबाट ५५ हजार तीन सय नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनपीएलमा जुवा खेलाएको आरोपमा आठजना भारतीय पक्राउ
जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ
अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट २३ जना पक्राउ
जुवाको खालबाट ११ जना पक्राउ