मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक-२०८० प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।
यसैगरी शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले राससलाई जानकारी दिए ।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौँ प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ११ पुस २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग