सेल्फीकलीलाई हात्ती सुन्दरीको ताज

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, १९ : ०२
सेल्फीकलीलाई हात्ती सुन्दरीको ताज

चितवन । चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज गरिएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जितेकी छिन्। 

छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले ताज पहिरिएकी हुन्। यसपाली सुन्दरीमा ७ हात्तीलाई सहभागी गराइएको थियो ।

हात्ती महोत्सवको आज दोस्रो दिन सुन्दरी प्रतियोगिता भएको हो। भोलि राप्ती नदीमा डुङ्गा दौड, शुक्रवार हात्तीको वनभोज र शनिवार समापन कार्यक्रम हुने छ।

प्रतिक्रिया दिनुहोस