काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधारको माग गर्दै बल्खुमा प्रदर्शन गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा प्रदर्शन गरिएको हो । सभापति श्यामराज ओझा नेतृत्वको समूहले विश्वविद्यालयको समग्र प्रणाली सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यका लागि खबरदारी गरेको हो ।
सो क्रममा प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्नेलगायतका माग राखेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी