एजेन्सी। गाजामा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु भएको छ। इजरायलको सैन्य आक्रमणमा सोही अवधिमा ३८२ जना घाइते भएको गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले आफ्ना नागरिकहरूविरुद्ध भएको युद्धलाई ‘गम्भीर अपराध’ भनेका छन्। उनले युद्ध रोक्न आग्रह गरे पनि इजरायल त्यसो गर्ने पक्षमा छैन।इजरायली सेना प्रमुख हर्जी हावेलीले हमाससँगको युद्ध अझै धेरै महिना जारी रहने बताएका छन्। मंगलबार मात्र इजरायलले हमासकेन्द्रीत १ सय भन्दा बढी स्थानमा आक्रमण गरेको जनाएको छ।
बुधबार बिहान इजरायल आसपासको गाजाको क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म २० हजार ९१५ जना मारिएका छन्। जसमा अधिकांश महिला र बालबालिका छन्।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको थियो। हमासको आक्रमणमा १ हजार २ सय इजरायली नागरिक मारिएका थिए भने कयौँ बन्धक बनेका थिए।त्यसयता सुरू भएको युद्ध बीचमा पाँच दिन रोकिएको थियो। त्यस क्रममा हमास र इजरायलले एकअर्काका बन्धकलाई रिहा गरेका थिए। अहिले फेरि युद्ध जारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा