काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका छन्। मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने र संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताएका हुन्।
उनले भने,’अब विश्वविद्यालयहरूमा भागबण्डा हुनेछैन। संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्। अब मेरिटोक्रेसी सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ।’
उनले नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने र युवा जनशक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत