काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार भएको दोस्रो प्रदेश सम्पर्क कमिटीको अधिवेशनमा ६७ मत ल्याएर खत्री निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार रोशनदेव पन्तले ६२ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निर्वाचन भए पनि अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।उपाध्यक्षमा वीरबहादुर धामी, सचिवमा खगेन्द्र साउद, उपसचिवमा पार्वती कठायत खड्का र नरेशबहादुर धमेना निर्विरोध निर्वाचित भए ।
सदस्यहरुमा दीपेन्द्रसिंह ऐरी, किरणसिंह विष्ट, उर्मिला साउद, सिंहलाल बोहरा, दिनेशबहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, रुपेशकुमार साउद, नवीनराज गिरी निर्विरोध भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० पुस २०८०, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मीनबहादुर गुरुङको भवन प्रस्ताव नलिने एमालेको निर्णय
एमालेमा निर्वाचन समीक्षा कार्यदल गठनको प्रस्ताव
प्रदेश सरकार फेरबदलमा नेकपालाई समेट्ने कांग्रेस–एमाले तयारी
सुकुमबासीमाथि अत्यन्त ठूलो अमानवीय हमला गरियो: एमाले
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?