काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पाटन उच्च अदालतबाट एक कार्यक्रमबीच त्यसको शुभारम्भ गरेका हुन् ।
यसअघि गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेसी प्रणाली लागू गर्न सुझाव दिएको थियो ।
प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेसी तोक्ने प्रणाली सुरु गराएका थिए । त्यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस
रवि लामिछाने पुनरावेदनका लागि पाटन उच्च अदालत पुगे
उच्च अदालतको फैसला कार्यान्वयन गर्न कर्मचारी संगठनको आग्रह