काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि आज सैद्धान्तिक छलफल हुदैछ।
जसका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
यस्तै प्रतिनिधि सभाकै कानून, न्याय तथा मानव अधिकार समितिमा आज केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तुतकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची छ।
बैठक बिहान ११ बजे नै बस्दैछ। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहान साढे ११ बजे बस्ने भनिएको बैठक भने स्थगित भएको छ।
स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल गर्ने तय भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि दफावार छलफल हुँदै
भूमि विधेयकबारे कांग्रेस महामन्त्री थापा र प्रमुख सचेतक घिमिरेसँग गृहमन्त्रीको छलफल
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
मन्त्री गुप्ताले राष्ट्रिय सभामा निजामती विधेयक पेस गर्ने
कर्मचारी विधेयक सधैँको सकस
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने