काठमाडौँ । शुक्रवार र शनिवार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ । काठमाडौँ, चितवन, सर्लाही, बारा, भक्तपुर लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको हो ।
शनिवार बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बसपार्कमा बा २ ख २२८४ नम्बरको बसको ठक्करबाट पैदल यात्री मकवानपुर भिमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँ सुन्दरीजल बस्ने २५ वर्षीय सरोज मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, चितवन, कालिका नगरपालिका–१ लङका लाईनमा भरतपुरबाट खाले सिमलतर्फ जाँदै गरेको बा.११ च ८७८९ नम्बरको कार अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ बस्ने २७ वर्षीय विष्णु क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-५ विकास चोकमा ना.६ ख ७९५४ नम्बरको ट्रकको ठक्करबाट साइकल यात्री सोही महानगरपालिका–५ विकास चोक बस्ने २३ बर्सिया अमृता मिश्रको शनिवार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै महोत्तरी, बलवा नगरपालिका–११ रातो खोल पुलमा प्रदेश २–०२–००४ प ३५४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका–११ रौजा बस्ने १८ वर्षीय तमन्ना कवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, सर्लाही, ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवार साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
त्यसैगरी बाराको प्रसौनी गाउँपालिका–२ दुधौरा खोलाको पुलमा कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको म.प्र.०३–०३० प ४३९८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उपमहानगरपालिका–१२ सितलपुर बस्ने २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुन्दनको एलएस न्युरो अस्पताल परवानीपुरमा र अभिमनुको एनएमसि अस्पताल वीरगन्जमा उपचारको
क्रममा मृत्यु भएको हो । यता भक्तपुर, सूर्यविनायक नगरपालिका–९ जगाती पुलस्थित सडकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा.१० च ८२८३ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदल यात्री रोल्पा घर भएका ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सल्यानको बाग्चौर नगरपालिका–३ स्यालागैरास्थित सडकमा रा.१ क ८५९ नम्बरको तिरूपाते कम्पनीको जेसीबी अनियन्त्रित भई दुर्घटना हुँदा जेसीबीका सह– चालक दाङ गढुवा गाउँपालिका–५ बस्ने २४ वर्षीय दीपेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ । उनको शनिवार बिहान मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु