काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले देशमा कुनै राजनीतिक संकट नरहेको बताएका छन् । शनिवार काठमाडौँमा जारी नेपाली कांग्रेसको पहिलो बागमती सम्मेलनमा बोल्दै उनले नेपालमा आहिले संकट रहेको कुरा गर्ने गरेपनि राजनीतिक संकट नरहेको उल्लेख गरे ।
उनले भने– ‘संकट केलाई मान्न मिल्छ भने जतिबेला नेपालमा हिंसात्मक विद्रोहको अवस्था थियो । राज्य नै गाउँ छिर्न नसक्ने अवस्था थियो । मान्छे यतै मरेको उतै मरेको ठप्प अवस्था थियो । त्यस्तो अवस्थामा हल खोज्ने कांग्रेस तर अहिले हामीले सानोतिनो समस्यालाई संकट भनेर कांग्रेसले बिस्कुन सुकाउन मिल्छ ?’
संविधानसभाको निर्वाचनपछि संविधान बन्न नसकेको संकटमा अर्को चुनाव गराएर संविधान बनाएर कांग्रेसले संकट टारेको बताउँदै उनले अहिले त्यस्तो संकट नरहेको टिप्पणी गरे । महामन्त्री शर्माले अब नयाँ विश्वास र पूरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र