१०८ देशमा जान ७१ हजार नेपालीले लिए श्रम स्वीकृति

सफल खबर संवाददाता

शनिबार, ०७ पुस २०८०, ११ : २३
१०८ देशमा जान ७१ हजार नेपालीले लिए श्रम स्वीकृति

काठमाडौं। मंसिर महिनामा विभिन्न १०८ देशमा रोजगारीका लागि जान नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ती देशमा जान कुल ७१ हजार २७६ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । त्यसमा पुनः श्रमस्वीकृति लिएका बाहेकका श्रमिक नै ३६ हजार ८० जना रहेका छन्  ।

विभागको तथ्यांकले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा समेत नेपालीले रोजगारीका लागि श्रम स्वीकृति या पुनः स्वीकृति लिएको देखाएको छ । मेनपावर एजेन्सी र व्यक्तिगत तबरबाटै उनीहरुले श्रम स्वीकृति लिएको देखिन्छ भने श्रम स्वीकृति सबैभन्दा बढी यूएईका लागि लिएको देखिन्छ ।

 

विभागका अनुसार यूएई जान १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका छन् ।  यस्तै कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ भने  मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् ।

 

मलेसिया चौथो श्रम गन्तव्य देश बन्दा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस