बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या थप्दैन : शिक्षामन्त्री राई

सफल खबर संवाददाता

विहीबार, ०५ पुस २०८०, २२ : २१
बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या थप्दैन : शिक्षामन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरूमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै मन्त्री राईले सरकार विश्वविद्यालयहरूको संख्या बढाउनेभन्दा पनि शिक्षामा गुणस्तर वृद्धि गरी विश्वविद्यालयहरू राज्यको नियम तथा पद्धतिमा चल्नुपर्नेमा स्पष्ट रहेको बताएका हुन्।

उनले नेपालको जनसङ्ख्याको १५ प्रतिशत मात्रै उच्च शिक्षाको पहुँचमा रहेको तथ्याङ्कहरू आएको भन्दै सरकारले सन् २०३० वा २०३५ सम्ममा २५ देखि ४० प्रतिशत जनसङ्ख्याको पहुँचमा उच्च शिक्षा पुर्‍याउने लक्ष्य राखिएको बताए।

उनले विश्वविद्यालयहरूमा गुणस्तर भएन भनेर दोष लगाएर मात्रै नहुने भन्दै बेथिति हटाउनको लागि पनि सहयोगी बन्न आवश्यक रहेको बताए।उनले विश्वविद्यालय मातहतका क्याम्पसहरूको परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयका पदाधिकारीहरूलाई राखेर क्यालेण्डरवेस भएर परीक्षा लिने र परीक्षाफल प्रकाशन गर्ने प्रतिबद्धता गराएको बताए। उनले विश्व विद्यालयहरूले त्यो क्यालेण्डरलाई फलो गर्न सकेन भने शिक्षा मन्त्रालयले स्पष्टीकरण सोध्ने बताए।

यहरूले त्यो क्यालेण्डरलाई फलो गर्न सकेन भने शिक्षा मन्त्रालयले स्पष्टीकरण सोध्ने बताए।

प्रतिक्रिया दिनुहोस