काठमाडौँ । नेकपा माओवादी केन्द्रको सांगठनिक कार्यविभाजन आगामी स्थायी कमिटी बैठकबाट गरिने भएको छ । माओवादीको बुधबार सम्पन्न पदाधिकारी बैठकले आगामी पुस अन्तिम साता बस्ने स्थायी कमिटी बैठकबाट नेताहरुको कार्यविभाजन टुंगो लगाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
‘पार्टी स्थायी समितिको बैठक पौषको अन्तिम हप्तामा बस्ने निर्णय भएको छ’, ती नेताले भने, ‘पार्टीको जनतासँग माओवादी अभियानका साथै विधान मस्यौदा माथि छलफल गरेर परिमार्जन गरिन्छ । सोअनुसार तल्ला कमिटीहरुमा छलफल तथा सुझावका लागि पठाउने र एक महिनासम्म छलफल गराउने भन्ने भएको छ । सांगठनिक कार्यविभाजन पनि स्थायी समितिको बैठकबाट गर्ने निर्णय भएको छ ।’
उनका अनुसार विधान अधिवेशन फागुनको पहिलो सातामा गर्ने निर्णय भएको छ भने मिति, स्थान र प्रतिनिधि बारे स्थायी समितिको बैठकले टुङ्गो लगाउने छ । पदाधिकारी बैठकले नै उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरु गणेश शाह र सुरेन्द्र कुमार कार्की सम्मिलित सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गरी सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकताको सहमति अनुमोदन गर्ने