काठमाडौँ । नेकपा माओवादी केन्द्रको सांगठनिक कार्यविभाजन आगामी स्थायी कमिटी बैठकबाट गरिने भएको छ । माओवादीको बुधबार सम्पन्न पदाधिकारी बैठकले आगामी पुस अन्तिम साता बस्ने स्थायी कमिटी बैठकबाट नेताहरुको कार्यविभाजन टुंगो लगाउने निर्णय भएको एक नेताले जानकारी दिए ।
‘पार्टी स्थायी समितिको बैठक पौषको अन्तिम हप्तामा बस्ने निर्णय भएको छ’, ती नेताले भने, ‘पार्टीको जनतासँग माओवादी अभियानका साथै विधान मस्यौदा माथि छलफल गरेर परिमार्जन गरिन्छ । सोअनुसार तल्ला कमिटीहरुमा छलफल तथा सुझावका लागि पठाउने र एक महिनासम्म छलफल गराउने भन्ने भएको छ । सांगठनिक कार्यविभाजन पनि स्थायी समितिको बैठकबाट गर्ने निर्णय भएको छ ।’
उनका अनुसार विधान अधिवेशन फागुनको पहिलो सातामा गर्ने निर्णय भएको छ भने मिति, स्थान र प्रतिनिधि बारे स्थायी समितिको बैठकले टुङ्गो लगाउने छ । पदाधिकारी बैठकले नै उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरु गणेश शाह र सुरेन्द्र कुमार कार्की सम्मिलित सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गरी सक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस