सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुँदैछ।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान १० बजे उदघाटन गर्ने कार्यक्रम छ।
विद्युत स्टेशन उदघाटनका लागि प्रधानमन्त्री प्रचण्ड, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इनरुवा पुगिसकेका छन्।
ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो।
यो सबस्टेशनबाट मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सहयोग पुग्ने प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।
प्राधिकरणले इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरेको छ। करिब तीन अर्ब ८३ करोड रुपैयाँको लागतमा यी दुई सबस्टेशन निर्माण भएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै, यस्तो छ कारण
एउटै निर्णयले आलोचित बनेकी प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीसँग काँग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने