काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गरेको छ । मन्त्री किरातीले बुधबार दिएको अभिव्यक्तिले एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै राप्रपाले आपत्ति जनाएको हो ।
बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरू देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए । राप्रपाले मन्त्रीको भनाइले एउटा धर्मलाई प्रोत्साहन भएको, सनातन धर्म र अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने जिकिर गरेको हो । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले मन्त्रीको भनाइ गैर संवैधानिक, सामाजिक सद्भाव बिथोल्ने, असहिष्णु र विभाजनकारी भएको बताएका छन् ।
‘संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त हुँदैन, त्यसर्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपा जोडदार माग गर्दछ’, श्रेष्ठले विज्ञप्तिमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका दुई केन्द्रीय सदस्यद्वारा राजीनामा
राप्रपा उपाध्यक्ष पाण्डे ८ दिन हिरासतमा रहने
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग