रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, २० : १९
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौँ । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुनः अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ । रुस युक्रेन युद्धमा संलग्न ४ जना  नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतीक पुन बेपत्ता छन् ।

 

 

प्रतिक्रिया दिनुहोस