कंगोको शान्ति सेना बन्द गर्ने सुरक्षा परिषद्को निर्णय

एजेन्सी

बुधबार, ०४ पुस २०८०, १४ : ०५
कंगोको शान्ति सेना बन्द गर्ने सुरक्षा परिषद्को निर्णय

काठमाडौं । डमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको १५ सदस्य संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले उल्लेख गरेको छ ।

बुधवारबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुन लागेको बेला एक दिन अगाडि यस्तो निर्णय भएको हो ।कतारी विश्व च्यानल अलजजिराका अनुसार शान्ति सेनाले शान्ति ल्याउन नसकेको भन्दै कंगो सरकारले लामो समय देखी शान्ति सेना फिर्ता गर्न माग गरेको थियो । त्यसैको प्रतिक्रियामा सुरक्षा परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कंगोमा सक्रिय सशस्त्र समूहलाई नियन्त्रण गर्न शान्ति सेना असमर्थ भएको भन्दै कंगो प्रशासनले लामो समय देखी आलोचना गर्दै आएको थियो । यही वर्षको अन्तिमसम्ममा कंगोमा भएका १४ हजार विदेशी शान्ति सेना फिर्ता हुने भएका हुन् ।

नेपाली सेनाका तर्फबाट कंगोमा ११५२ सैनिकहरू खटिइएको नेपाली सेनाको तथ्यांक छ । कंगोमा शान्ति सैनिक मिसन बन्द भएसँगै नेपाली सैनिकहरू झिटिगुण्टा बोकेर नेपाल फर्कने पक्कापक्की भएको छ ।

 

प्रतिक्रिया दिनुहोस