काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली काँग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको भवनमा भएको थियो । नगरपालिकाको मूल ब्यानर छोपेर नेपाली काँग्रेसको ब्यानर राखिएको थियो ।
नगरपालिकाका भवनभरी नै काँग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना भएको थियो । त्यो सम्मेलनको प्रमुख अतिथि महामन्त्री गगन थापा थिए । बुधबार बिहान थापाले सामाजिक सञ्जालमार्फत् नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही भएको बताएका छन् । ‘यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहन्छु,’ थापाले लेखेका छन्, ‘पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले–कांग्रेस सहकार्य तत्काल टुट्दैन: गगन थापा
धनगढी पुगे गगन
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो : सभापति थापा
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’