काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताएका छन । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताए । नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित शिक्षा, सीपजस्ता कार्यक्रममा लगानी बढाउँदै गएकाले दिगो विकास लक्ष्य हासिल हुन सहज बन्दै गएको बताए ।
पछिल्लो समय जलवायु परिवर्तनको असर नेपालमा मानव विकास र भौतिक विकासमा बाधाको रुपमा देखिएको छ । यो प्रतिवेदनले पनि उल्लेख गरेको छ । यसले गर्दा केही ढिलो हुने भन्ने आशंका गरेपनि सरकारको इमान्दार प्रयास निरन्तर रहने बताए ।
कार्यक्रममा संयुक्त, राष्ट्रिय संघ विकास कार्यक्रमको नेपाल प्रमुख आइसाने मेडागाङ्गोडा लावेले प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रको समग्र विषयमा तथ्य सार्वजनिक गरेको बताए । साथै प्रतिवेदनको निस्कर्ष धेरै हदसम्म नेपालको अवस्थासँग मिल्ने बताए ।
उनले भने, ‘प्रतिवेदनले धेरै क्षेत्रमा रिक्तता रहेको देखाएको छ । असमानता छ, आर्थिक हैसियत र प्रभुत्वको आधारमा ५ प्रतिशत मानिसले ५० प्रतिशत मानिसलाई चलाइरहेका छन् । १८५ मिलियन मान्छे अति गरिबीमा छन् , यो एशिया प्यासिफिक क्षेत्रमा करोडौँ मानिस बहुआयामिक गरिबी र त्यसले निम्त्याएको जोखिममा समेत रहेका छन् ।’
यो प्रतिवेदनले यस क्षेत्रमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन फरक ढंगले सोच्नुपर्ने अवस्था आएको आइसानेले बताए । सरकारहरुले विकास निर्माणका कामसँगै मानवीय विकास र आवश्यकतालाई पनि उत्तिकै हेर्नुपर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया जिम्मेवार हुनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता
जापान भ्रमण उपलब्धिमूलक भयो : परराष्ट्रमन्त्री राणा
नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. राणा जापान प्रस्थान
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री