काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिपोर्ट कार्ड मागेका छन् । काँग्रेसको नुवाकोट जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेसले सरकारको नेतृत्व लिन ढिला गर्न नहुने बताए ।
उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौँ नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’
संसदीय व्यवस्थामा मन्त्रीहरूले राम्रो नराम्रो काम जस्तो गरे पनि त्यसको सबै जस–अपजस प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ छ । उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको बताए । जनताको निराशा र आक्रोश गणतन्त्र, सङ्घीयताप्रति नभई नेतृत्वप्रति भएको उनको बुझाइ छ।
यस्तै काँग्रेस सबैभन्दा ठूलो पार्टी भए पनि कसैको बैसाखी टेकेर आए जस्तो आभाष भएको नेता कोइरालाले बताए । उनले एकले अर्काको खुट्टा तान्ने नभई एकताबद्ध भएर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ।
उनले भने, तपाईँहरू काँग्रेस सकियो भन्नुहुन्छ । हामीहरूले हाम्रो सङ्गठनलाई चुस्त बनाएर लगौँ भने कसैले हराउन सक्दैन । हामीलाई हाम्रो साथीहरूसँग मात्रै डर लाग्छ । हामीले सङ्गठन र विकासलाई सँगै लानुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्
भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला
शेखर कोइराला होइन्, देउवा नै चाहन्थे सत्ता समिकरण फेर्न
'कुलिङ अफ पिरियड’ नराख्न संशोधन हालेर एमालेबाट धोका भएको भन्दै शेखरले जनाए आपत्ति
विद्या भण्डारीलाई भेट्न भंगाल पुगे शेखर कोइराला, के भयो छलफल ?