मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताए ।
राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाए । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताए । उनले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम गर्ने उल्लेख गर्दै आवश्यक नीति नियम बनाउँदा महासङ्घलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेकामा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रहरी संगठन जनताका पहिलो सरकार हो’ : मुख्यमन्त्री कार्की
‘मुलुकलाई द्वन्द्वतर्फ लैजान, प्रतिशोध पूर्ण गतिविधि गर्नु गलत हो’ : मुख्यमन्त्री कार्की
मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मुख्यमन्त्री कार्कीले भने-‘शिक्षकहरूको सेवा-सुविधा र शैक्षिक सवालमा छुट्टाछुट्टै कानून आवश्यक’
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता