एजेन्सी । ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा आर्सनल २–० गोलले विजयी बनेको हो ।
यद्यपि जीतका लागि आर्सनलले ठुलो संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा ग्याब्रियल जिसुसले आर्सनललाई अग्रता दिलाए ।
दोस्रो गोलका लागि टोली खेलको अन्त्यसम्म पर्खनुपरेको थियो । ८७ औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
१७ खेलपछि आर्सनलको ३९ अङ्क रहेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी खेलेपछि यसको फाइदा आर्सनललाई पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ पुस २०८०, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
लिभरपुलले बनायो उपाधि होड थप बलियो
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित