काठमाडौँ । नेकपा एमाले गत मङ्सिर १४ गते बैतडीको झुलालघाटबाट सुरु गरेको ‘समृद्धि सङ्कल्प’ पदयात्रा आज मध्यपहाडको पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुगेर समापन हुने भएको छ ।
सम्बन्ध स्थानीय–सन्देश राष्ट्रिय भन्ने नाराका साथ १८ दिन अघि सुरु भएको अभियान आज समापन गरिने भएको हो ।
शनिवार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट चिवाभञ्ज्याङ जान लागेका पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार, फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनेछन् ।
३ हजार २ सय मिटर अग्लो यस ठाउँबाट पुनः फर्किएर साँझसम्ममा टोली फिदिम आइपुग्ने प्रमुख गौतमले जानकारी दिए । मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न यो पदयात्रा गरिएको एमालेको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ पुस २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अध्यक्षमा ओलीको अग्रता कायमै, पोखरेलले कति मत पाए ?
महासचिवमा शंकरले ल्याए २४९ मत, सुरेन्द्रको कति ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, अन्य पदमा यस्तो छ नतिजा (ताजा अपडेट)
एमाले महाधिवेशन : अध्यक्षमा ओली अगाडि, महासचिवमा टक्कर
एमाले महाधिवेशन : सुरु भयो मतगणना