धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, ३० मंसिर २०८०, १६ : ३९
धनगढीमा डा. गोविन्द केसीको अनसनविरुद्ध प्रदर्शन

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा शनिबार प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको माग विपरीत केसीले अनसन बसेको भन्दै प्रदर्शन गरेको हो ।

सङ्घर्ष समितिले डा. केसीविरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रबार साँझदेखि धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका छन् । सरकारले विगतमा गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डाक्टर केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस