तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ ।“रास्क सहरमा रहेको प्रहरी मुख्यालयमा ‘आतंकवादी जिहादी समूह’ले गरेको आक्रमणमा ११ प्रहरीको मृत्यु भएको छ भने अन्य केही अधिकारी घाइते भएका छन्,’ प्रान्तका उप–प्रशासक अलिरेजा मरहमतीले भने ।
सुरक्षा फौजसँग भएको गोली हानाहानमा कैयौँ आक्रमणकारीको पनि मृत्यु भएको टेलिभिजन च्यानलले जनाएको छ ।अफगानिस्तान र पाकिस्तानसँग जोडिएको इरानको सीमा नजिकको क्षेत्रमा मध्यरातमा भएको यो आक्रमण केही वर्षयताकै सबैभन्दा घातक आक्रमण हो ।
यसको जिम्मेवारी सुन्नी जिहादी जैश अल अदल (आर्मी अफ जस्टिस) समूहले लिएको टिभी रिपोर्टमा उल्लेख छ । सन् २०१२ मा गठन भएको जैश अल अदललाई इरानले ‘आतंकवादी’ समूहको रूपमा कालोसूचीमा राखेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसंख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादीहरू संलग्न छन् ।यसअघि पनि जुलाई २३ मा गस्तीमा रहेका चार जना प्रहरीको मृत्यु भएको थियो ।
सिस्तान–बलुचिस्तान प्रान्तमा भएको जैश अल अदल समूहले दाबी गरेको सशस्त्र झडपमा दुई प्रहरी र चार आक्रमणकारी मारिएको दुई हप्तापछि यो घटना भएको हो । गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ मंसिर २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु