काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले नागरिक कुशासनबाट आजित भएको भन्दै पार्टीले यसलाई रोक्नुपर्ने बताएका छन् । स्थानीय तहदेखि सङ्घसम्मको सरकारमा काँग्रेस सामेल भएकाले सरकारको गलत कामको जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
‘कुशासनबाट देश थला परेको छ । हप्तामा एउटा कुनै न कुनै प्रकरण आउँछ र सिङ्गो देश तातिन्छ । सरकारमा भएपनि सरकारले गरेका गलत काममा प्रश्न उठाई राख्यौँ भने स्वतन्त्र रूपमा गर्ने गलत कामलाई थोरै भए पनि रोक्न सकिन्छ । काँग्रेस पार्टीले पनि निर्णय गर्ने तर कार्यान्वयन गर्ने काम गर्नुपर्छ । त्यो भइराखेको छैन’, उनले भने ।
फेरि सीमित व्यक्तिलाई पोस्न नयाँ स्टक एक्सचेन्ज लाइसेन्स दिन लागिएको उनको आरोप छ । सरकार भाषण सुशासनको गर्ने अनि निर्णय कुशासनको गरिरहेकाले प्रधानमन्त्रीलाई सचेत गराएको थापाको भनाइ छ ।
यस्ता गलत क्रियाकलापमा पार्टीकै सहभागिता देखिएको भन्दै उनले काँग्रेसको उपस्थितिमा कुशासन रोक्न नसक्ने होकी भन्ने नागरिकलाई लाग्न थालेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै