काठमाडौ । काभ्रेको धुलिखेलमा आज बिहान टेलर गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरी घाइते भएका छन्।
शुक्रबार बिहान पौने आठ बजे धुलिखेल-८ जिपलाईन नजिकै अरनिको राजमार्गमा धुलिखेलबाट खावातर्फ जाँदै गरेको लु ६५ प ३९७५ नम्बरको मोटरसाइकलाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख ७६७९ नम्बरको टेलर गाडिले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट मोटरसाइकलमा सवार काठमाडौँ बौद्धका ५२ वर्षीय ब्यास कार्की र उनकी २३ वर्षीया छोरी सिर्जना कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइतेमध्ये सिर्जनाको अवस्था गम्भीर छ। उनीहरुलाई प्रहरीले उपचारको लागि धुलिखेल अस्पताल पुर्याएको छ।दुवै सवारी साधन र टेलर चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते