काठमाडौ । काभ्रेको धुलिखेलमा आज बिहान टेलर गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरी घाइते भएका छन्।
शुक्रबार बिहान पौने आठ बजे धुलिखेल-८ जिपलाईन नजिकै अरनिको राजमार्गमा धुलिखेलबाट खावातर्फ जाँदै गरेको लु ६५ प ३९७५ नम्बरको मोटरसाइकलाई सोही दिशातर्फ जाँदै गरेको ना ३ ख ७६७९ नम्बरको टेलर गाडिले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
ठक्करबाट मोटरसाइकलमा सवार काठमाडौँ बौद्धका ५२ वर्षीय ब्यास कार्की र उनकी २३ वर्षीया छोरी सिर्जना कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
घाइतेमध्ये सिर्जनाको अवस्था गम्भीर छ। उनीहरुलाई प्रहरीले उपचारको लागि धुलिखेल अस्पताल पुर्याएको छ।दुवै सवारी साधन र टेलर चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते