काठमाडौँ । काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनमा एकरूपता ल्याउनबारे छलफल भएको छ । महासमिति बैठकमा थापाले साङ्गठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी छ । काँग्रेसले १६ पुस देखि १९ सम्मको लागि महासमिति बैठक डाकेको छ ।
‘साङ्गठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदन लेख्यौँ । हामी दुईले लेखेको प्रतिवेदनलाई एकरूपता ल्याउनका लागि छलफल गरेका हौँ,’ महामन्त्री थापाले भने,‘महामन्त्रीका कामहरू संयुक्त रूपमा गरिरहेकाले प्रतिवेदनहरू पनि एक अर्कामा दुइटैको बनाऔँ भनेर छलफल गरेका हौँ ।’ प्रतिवेदन लेखनमा समेट्ने विषय एक अर्काले सुझाव दिएको महामन्त्री थापाले जानकारी गराए ।
कार्यसम्पादन समिति बैठक बस्नु अघिल्लो दिन दुई महामन्त्री विच छलफल भएको छ । कार्य सम्पादन बैठकका बारेमा भने कुराकानी नभएको थापाले प्रस्टाए । सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका छन् ।
छलफलमा एजेण्डामा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीति बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस