काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नरहेको दाबी गरेका छन् । बुधबार काठमाडौँमा काँग्रेसको १४औँ महाधिवेशनबाट बनेको शेखर–गगन पक्षको बैठक बसेको थियो । सो छलफलपछि पत्रकारहरूसँगको कुराकानीमा कोइरालाले गगन र आफ्नो काम गराइको तरिकामा फरक हुन सक्ने तर एजेण्डामा फरक मत नभएको बताए ।
‘एजेण्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन, उहाँको उमेर, मेरो उमेर फरक छ । उहाँको सोचाइ, मेरो सोचाइ फरक छ’ उनले भने, ‘उहाँको स्टाइल अफ फङ्सनिङ (काम गर्ने तरिका) र मेरो स्टाइल अफ फङ्सनिङ फरक छ, तर एजेण्डामा फरक छैन ।’
शेखर कोइरालाले आफू पक्षको भेला मङ्गलवार बोलाएका थिए । तर महामन्त्री थापाले आफूसँग सल्लाह नगरी बोलाएको भन्दै सहभागी नहुने बताएका थिए । त्यसपछि संस्थापनइतर पक्षका अरु नेताहरूको पहलमा भेला एक दिन पछि सारिएको थियो ।
नेता कोइरालाले आफूहरूको यो छलफल नियमित भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्