छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १५ : १५
छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा गर्ने तयारी

काठमाडौँ । छैटौँ संस्करणको प्रधानमन्त्री कप भैरहवा र काठमाडौँमा हुने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार रुपन्देही जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गर्दै प्रधानमन्त्री कपको ८ देखि १० खेल भैरहवामा गर्ने क्यानले जानकारी दिएको छ ।

क्रिकेटलाई काठमाडौँ बाहिर लैजाने योजनाले पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको केही खेल भैरहवामा गर्न लागिएको क्यानको भनाई छ । प्रतियोगिताअघि केही अन्तर्राष्ट्रिय सिरिज हुने तयारी भइरहेका कारण प्रतियोगिताको मिति भने सार्वजनिक भइसकेको छैन ।

सम्भवत प्रतियोगिता माघको पहिलो सातादेखि हुने बताइएको छ । यसअघि नै यो प्रतियोगिता राउण्ड रोबिन प्रणालीमा गर्ने तयारी भए पनि निश्चित भने भइसकेको छैन ।यसअघिको प्रधानमन्त्री कपको उपाधि एपीएफ क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस