काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार राजीनामा स्वीकृत गरेको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गौतमले गत मंसिर २४ गते राष्ट्रपतिलाई राजीनामा बुझाएपनि राष्ट्रपति कार्यालयले अध्ययनका लागि भन्दै होल्डमा राखेकोमा बुधबार भने स्वीकृत गरेको हो । यसैबीच सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
संङघीय संसदका दुइ समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै