नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि

रासस

बुधबार, २७ मंसिर २०८०, १३ : ५३
नर्सिङ क्षेत्रमा कार्यरत ४९ स्वास्थ्यकर्मीको स्तरवृद्धि

काठमाडौँ । स्वास्थ्य सेवा विभागले ४९ नर्सको स्तरवृद्धि गरेको छ । 

अस्पताल नर्सिङ निरीक्षक, सिअनमी, स्टाफ नर्सको स्तरवृद्धि विभागले गरेको हो । अधिकृत छैटौँबाट अधिकृत सातौँमा स्तरवृद्धि गरिएको सूचनामा उल्लेख छ । यस्तै, सहायक पाँच तहबाट अधिकृत छैटौँमा स्तरवृद्धि गरिएको हो । 

स्तरवृद्धि निर्णयमा त्रुटि भएको पाइएमा सच्याउन, संशोधन गर्न र बदर समेत गर्न सकिने विभागको सूचनामा भनिएको छ । 

यस्तो छ स्तरवृद्धि भएका नर्सको नामावली

प्रतिक्रिया दिनुहोस