संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, ११ : ३२
संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त

काठमाडौँ । पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २ को खण्ड (ढ) तथा राष्ट्रिय सभा नियमावली २०७९ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई संसदको कार्यवाहक महासचिव तोकिएको हो।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन्।

प्रतिक्रिया दिनुहोस