काठमाडौँ । पद्मप्रसाद पाण्डेय संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त भएका छन्। उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नियुक्त गरेका हुन्।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २ को खण्ड (ढ) तथा राष्ट्रिय सभा नियमावली २०७९ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई संसदको कार्यवाहक महासचिव तोकिएको हो।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सगरमाथा १० पटक आरोहण गरेका सांसद मिङ्मा शेर्पालाई संघीय संसदद्वारा सम्मान
संघीय संसद सचिवालयमा तीन उपसचिव बढुवा सिफारिस