काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ ।
नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सरेको हो ।
नेता शेखर कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने परिस्थिति बनेपछि बैठक आजलाई सारिएको थियो ।
बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६-१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव परेका छन् । यसमा कांग्रेसका शीर्ष नेता सहमत देखिन्छन् ।
यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि इतर समूहले आज आफ्नो रणनीति बनाउने नेताहरु बताएँछन् । गठबन्धनमा कांग्रेसले बढीमा १० सिट पाउँदा इतर पक्षले तीन सिटमा सशक्त दाबी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष