झारखण्ड । भारतको कांग्रेस पार्टीका एक सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिले सम्मको उच्च रकम हो।
यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित छ। यद्यपि साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेड लगायतका प्रवर्द्धकहरुविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो ।
कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ मा छापा मारेका थिए। स्रोतका अनुसार नोटहरू गणना गर्ने प्रक्रिया पूरा भएको छ र कुल ३५१ करोड रुपैयाँ नगद जफत गरिएको छ।
गणनामा आयकर विभाग र विभिन्न बैंकका करिब ८० जनाको नौ टोलीले २४ सै घण्टा पालैपालो सिफ्टमा काम गरेका थिए । समाचार एजेन्सीलाई दिइएको जानकारी अनुसार नगद बोक्न करिब २०० झोला र ट्रङ्कहरू प्रयोग गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’